काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालै सम्पन्न स्पेन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रमणको उद्देश्य, सहभागिता र उपलब्धिबारे विस्तृत जानकारी दिएका हुन्।
प्रधानमन्त्री ओलीले स्पेनमा सम्पन्न एक अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो सहभागिताले नेपालको अन्तर्राष्ट्रिय छवि अझ उजागर भएको दाबी गरे।
“सम्मेलनमा मेरो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि हुनुका साथै नेपालको वैदेशिक सम्बन्ध र संयुक्त राष्ट्रसङ्घसँगको सहकार्य अझ सुदृढ बनाउन सहयोग पुगेको छ,” प्रधानमन्त्री ओलीले संसदमा भने।
उनले भ्रमणका क्रममा भएका कूटनीतिक भेटवार्ता, द्विपक्षीय छलफल र नेपालको पक्षमा प्रस्तुत गरिएको दृष्टिकोणले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने विश्वाससमेत व्यक्त गरे।
प्रधानमन्त्रीको उक्त भ्रमणबारे प्रतिपक्षी दलले भने हालसम्म औपचारिक प्रतिक्रिया जनाएका छैनन्।

Comment