अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो : ज्ञानेन्द्र शाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने बेला भएको बताएका छन्।

आफ्नो ७९औं जन्मदिनको अवसरमा आइतबार निर्मल निवासमा आयोजित कार्यक्रममा संचारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पूर्वराजा शाहले नेपालको वर्तमान परिस्थितिमा सबै नेपाली एकढिक्का भएर प्रार्थना र सतर्कता आवश्यक रहेको उल्लेख गरे।

“यो समय नेपाल र नेपालीको लागि प्रार्थना गर्ने समय हो,” पूर्वराजाले भने, “हामी नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौँ, हामी भित्र नेपाल हुनुपर्छ, अनि मात्र साँचो नेपाली हुन्छौँ।”

उक्त अवसरमा पूर्वराजाले हाल वर्षाको मौसम भएकाले बाढी, पहिरो, डुबान तथा पानीजन्य रोगहरू फैलिन सक्ने सम्भावना रहेको भन्दै सबैलाई सचेत र सुरक्षित रहन पनि आग्रह गरे।

उनको जन्मदिन मनाउन निर्मल निवासमा पूर्वराजाका समर्थक, शुभचिन्तक तथा परिवारजनको उपस्थिति रहेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।