गभर्नरको सुझाव– ‘सन्तुलित ऋण प्रवाह र प्रभावकारी फिस्कल नीति अनिवार्य’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले देशको समग्र आर्थिक सुधारका लागि फिस्कल (राजस्व तथा खर्च) नीतिले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभाको अर्थ समितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन विषयक छलफलमा बोल्दै उनले मौद्रिक र फिस्कल नीतिबीच सशक्त सहकार्यको खाँचो औंल्याए।

“फिस्कल पोलिसीले अर्थतन्त्रको नेतृत्व गर्ने नयाँ कुरा होइन, तर मौद्रिक नीतिले त्यसलाई साथ दिनुपर्छ,” गभर्नर पौडेलले स्पष्ट पारे। उनले पछिल्ला वर्षहरूमा सार्वजनिक ऋण तीव्र गतिमा बढेको तर राजस्व संकलनमा अपेक्षाकृत वृद्धि नभएको उल्लेख गरे।

गभर्नरले आर्थिक प्रणालीमा ऋण प्रवाहको सन्तुलन आवश्यक रहेको बताए। उनले भने, “जिडिपी र मुद्रास्फीति मात्र हेरेर नीति बनाउँदा केही व्यक्तिले मात्र ऋणको फाइदा उठाउँछन्। ऋण दिँदैमा कोही सम्पन्न हुन्छ भन्ने ग्यारेन्टी हुँदैन।”

आफ्ना भनाइलाई उदाहरणसहित प्रस्तुत गर्दै उनले भने, “वर्दियामा बाघ बढाउन खोजियो भने हरिण र मृगको संख्या पनि बढ्नुपर्छ। त्यसरी नै साना व्यवसाय, कृषि र एमएसएमई (सूक्ष्म, साना तथा मझौला उद्योग) विस्तार भए ठूला व्यवसाय पनि स्वतः अघि बढ्छन्।”

कृषिमा ऋण प्रवाह गर्दा सावधानी अपनाउनुपर्ने धारणा व्यक्त गर्दै उनले अनियन्त्रित ऋण वितरणले कृषकको व्यवसाय नै धरापमा पर्ने खतरा रहेको बताए। “कृषकलाई अनावश्यक ऋण दिँदा उल्टै उनको व्यवसाय बन्द हुन सक्छ,” उनले चेतावनी दिए।

गभर्नर पौडेलले वर्तमान अवस्थामा राज्यले स्पष्ट नीति तय गरी बाटो देखाउने नेतृत्व गर्नु पर्ने आवश्यकता औंल्याए। “केही यस्ता नीति आवश्यक छन् जसले राज्यको मार्गदर्शनलाई सुनिश्चित गर्छ,” उनले निष्कर्ष टेके।

 

 

 

 

Ask ChatGPT

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।