रौतहट नरसंहारका घाइते गौरीशंकरको गुहार-‘आलमका मान्छेबाट बचाइदिनुस्’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । १८ वर्ष अगाडी रौतहटको राजपुर फरहदवामा बम विस्फोटमा घाइते भएका गौरीशंकर राम चमार (४३) यति बेला काठमाडौँ आइपुगेका छन् ।

उनी भारतको बिहारस्थित सीतामढीका स्थानीय हुन् । २०६४ चैत २७ गते फरहदावामा बम विस्फोटसँगै इँट्टाभट्टामा जिउँदै मान्छे जलाइएको थियो । उनी भने भागेर बाँच्न सफल भएका थिए । आलमको उक्त इटाभट्टामा काम गर्ने उनी त्यो दिन पैसा लिन आलमको घरमा गएका थिए ।

उनले बताएअनुसार त्यहाँ बम बनाउने काम भइरहेको थियो । त्योक्रममा बम पड्किएपछि उनी घाइते भए । बमले दुवै कान उडाइदियो, अनुहार, घाँटी र छातीमा ठूलो चोट लाग्यो ।

आलममाथि उक्त इटाभट्टामा जिउँदै मान्छे जलाएको छ । घटनामा यथेष्ट प्रमाण नभेटिएको भन्दै उच्च अदालत वीरगन्ज इजलासले जब सफाइ दिएको छ । उच्च अदालतको फैसलामा बम पड्किएकै पुष्टि हुन नसकेको उल्लेख गरिएको छ ।

सो घटनामा परी बाँचेका गौरीशंकर भने बम पड्किएको बताउँछन् । प्रस्तुत छ, उनले सो घटनामा आधारित भएर दिएको अभिव्यक्तिको अंशः

म रौतहटको राजा इटाभट्टामा काम गर्दै थिए । हप्ताको दिन थियो । पैसा लिन मलाई बोलाएर लिएर गयो । हामी तीनजना थियौँ । मलाई भन्यो– भाइ यता आएर तिमी आफ्नो पैसा लिएर जाउ । घरको ढोकाको छेउमा पुगेको बम पड्कियो । आगो लागेपछि म भागे । घरको पछाडि पानी थियो, त्यहाँ पानी हालेँ । फेरि म भागे । त्यसपछि मलाई थाहा भएन कि म कहाँ हो ? एकैचोटी मेरो आँखा खुल्यो सीतामढीमा । आँखा खुलेपछि मैले आमालाई सोधे– कहाँ हो यो ? आमाले भन्नुभयो– यो सीतामढी हो, म तिमीलाई अस्पताल लिएर गइराखेको छु । केही चिन्ता नगर, ठिक हुन्छ तिमीलाई ।

त्यसपछि मेरो आँखा फेरि बन्द भयो । मेरो इलाज (उपचार) तीन महिनाजति भयो । मलाई साढे ३ लाख आईसी (भारतीय रुपैयाँ) खर्च भयो । अफ्ताबले एकचोटी पनि सोधेन- मान्छे कस्तो छ, के छ ? एक रुपैयाँ पनि दिएन । सोधेको पनि छैन । आज म सरकारसँग निवेदन गर्छु, त्यस्तो मान्छेलाई छोड्नुभएन । त्यसलाई कडाभन्दा कडा सजाय दिनुपर्‍यो ।

निर्वाचनको एकदिन पहिला बेलुकातिर बम विस्फोट भएको थियो । अफताब आलमको काकाको घरमा । मैले पनि सुनेको त्यहाँ धेरै मान्छे जलेको छ, गाउँको मान्छेले मलाई उठाएर कसरी भारतसम्म पुर्याए मलाई थाहा भएन । दुईजना मेरो गाउँको मान्छे पनि जलेको छ, एउटाको हातमा र अर्कोको अलिकति खुट्टामा लागेको छ । कति मान्छे घाइते भए, त्यो त मलाई थाहा भएन । होस् भए पनि थाहा हुन्छ कतिलाई लागेको थियो भन्ने ।

त्यहाँ बम विष्फोट भएको छ, मलाई बम लागेको छ । अदालतको फैसलाले मलाई अन्याय भएको छ मैले भनिराखेको छु । मलाई त्यसैमा बम लागेको छ । अरू मान्छे चाहिँ कति मर्यो मलाई थाहा भएन । इलेक्सनको एकदिन पहिला भएको छ, अफ्ताब आलमले नै बम विष्फोट गराएको त मैले भन्न सक्दिनँ । तर, उसैको घरमा भएको छ ।

सुरु-सुरुमा एसपी कार्यालय (प्रहरी चौकी) मा मैले बयान दिँदा मेरो घरमा गएको थियो । म घरमा नहुँदाखेरी त्यसको आदमी (मान्छे) गएर मेरो आमालाई भनेको छ– तिम्रो छोरा त गयो (मर्यो) अब । तिम्रो छोरा दुई/चार साल बितेपछि बाँच्दैन । अफ्ताब आलमको मान्छे गएर भनेको छ । मलाइ धम्की दिएको छ ।

अफ्ताब आलम आलम छुटेकोमा मलाई दुःख लाग्यो, बम बनाएर, बम फ्याँकेर हामी पीडित मान्छे । त्यस्तो मान्छे छुट्यो, मलाई धम्की पनि दिएको छ । मलाई मार्छ, त्यस्तो मलाई लागेको छ । अब मलाई डर भयो । मेरो शारीरिक अवस्था नाजुक छ । काम पनि भेटिँदैन, काम गर्न पनि सक्दिनँ । म मर्ने कि बाँच्ने, मैले केही पनि देखिनँ । (रुँदै) कसरी बाँचौँ म यो दुनियाँमा ?

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।