काठमाडौं । भोजपुरमा एक व्यक्तिले आफ्नो परिवारका चार सदस्यको हत्या गरेका छन् । भोजपुर नगरपालिका २ बस्ने राजेन्द्र राईले सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी ६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको हत्या गरेका हुन् ।
उनलाई प्रहरीले रामप्रसाद राई गाउँपालिका १ हर्बुभन्ज्याङ भन्ने स्थानमा प्रहरीले फेला परेको थियो । उनी पेटमा धारिलो हतियार प्रहार भएको अवस्थामा फेला परेका थिए । उनी आफैंले प्रहरी कन्ट्रोल रुममा फोन गरेर आफूले चार जनाको हत्या गरेकाले पक्राउ गर्न आउन भनेका थिए । घाइते अवस्थामा भेटिएका राईले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पताल भोजपुरमा उपचार भई रहेको छ ।
Comment