हटपट चाउचाउ र रंगीला दालमोठ बजारबाट फिर्ता लिन सरकारको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गुणस्तरहिन उत्पादन भएको अभियोगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुई उद्योगको उत्पादन बजारबाट फिर्ता लिन निर्देशन दिएको छ ।

विभागले शुक्रबार चितवनको रिजाल फूड तथा वेभेरेज प्राइभेट लिमिटेड र पोखरास्थित पोखरा नुडल्स प्राइभेट लिमिटेडलाई पत्र पठाउँदै गुणस्तरहिन उत्पादन बजारबाट फिर्ता लिन निर्देशन दिएको हो । विभागले ति दुवै उत्पादनको बिक्री बितरणमा प्रतिवन्धसमेत लगाएको छ ।

विभागको केन्द्रिय राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा ति दुवै उत्पादनको परीक्षण पश्चात बिक्री बितरण रोक्का गर्नुका साथै बजारबाट उत्पादन फिर्ता लैजान सम्बन्धित उद्योगलाई निर्देशन दिइएको हो ।

पोखरा नुडल्स प्राइभेट लिमिटेडले उत्पादन गरेको हटपट ब्राण्डको इन्स्टान्ट नुडल्सको ब्याच नम्बर १२७.यु २ र उत्पादन मिति २०२४ सेप्टेम्बर भएको चाउचाउ बजारबाट फिर्ता लैजान उक्त उद्योगलाई निर्देशन दिएको छ । तोकिएको मापदण्डविपरित न्यूनस्तरको उत्पादन भएको अभियोगमा बिभागले उक्त उत्पादन बजारबाट फिर्ता लैजान निर्देशन दिएको हो ।

यस्तै चितवनस्थित रिजाल फूड एण्ड वेभरेजले उत्पादन गरेको रंगीला ब्राण्डको दालमोठ पनि न्यून गुणस्तर भएको भन्दै बजारबाट फिर्ता लैजान निर्देशन दिएको हो । ब्याच नम्बर जी ०२ र उत्पादन मिति २०२४ अक्टुवर २८ रहेको उक्त दालमोठ फिर्ता लान निर्देशन दिइएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।