ललितपुर । बज्रबाराही चापागाउँ अस्पतालमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा सामाजिक परीक्षण सम्पन्न भएको छ।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकारलगायत सरोकारवालाले अस्पताललाई गुणस्तरीय, उत्तरदायी र जनमैत्री सेवाको केन्द्र बनाउनेमा जोड दिए।
बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले स्रोत अभावबीच पनि गाउँपालिकाले अस्पतालको सेवा विस्तारमा प्रतिबद्ध रहेको बताए।
मेडिकल सुपरिटेन्डेन्ट डा. अंकुर पौडेलले अस्पतालमा एक वर्षमा उल्लेखनीय प्रगति भए पनि औषधिको अभाव र एम्बुलेन्स बिग्रिएको समस्याले असर पुर्याएको बताए।
सञ्चालक समितिका अध्यक्ष रामहरि घिमिरेले परीक्षणबाट प्राप्त सुझावलाई आगामी योजना बनाउने क्रममा समावेश गरिने जनाए।
कार्यक्रममा ७९ जना सहभागी थिए।
Comment