डोनाल्ड ट्रम्पले ल्याएका कर र खर्च गर्ने विधेयक पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । अमेरिकी तल्लो सदन कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको कर र खर्च गर्ने विधेयक पारित गरेको छ । यो राष्ट्रपति र उनको घरेलु एजेन्डाका लागि महत्वपूर्ण र कठिन लडाइँबाट प्राप्त भएको विजय मानिएको बीबीसीले जनाएको छ ।

अमेरिकाको क्यापिटल हिलमा लामो र कठिन संसद् सत्रपछि तल्लो सदनले स्थानीय समयअनुसार बिहीबार दिउँसो २१८–२१४ को मतले विधेयक पारित गरेको हो । यसअघि माथिल्लो सदन सिनेटले मंगलबार एक मतको अन्तरले यो विधेयक अनुमोदन गरेको थियो । ट्रम्पले रिपब्लिकन नियन्त्रित कंग्रेसलाई ४ जुलाईसम्म अन्तिम संशोधित विधेयकमा हस्ताक्षरका लागि पठाउन समयसीमा दिएका थिए ।

यो विधेयकले आगामी १० वर्षमा संघीय घाटामा ३.३ ट्रिलियन डलर थप्न सक्ने र लाखौँ मानिसहरूलाई स्वास्थ्य बीमाबाट वञ्चित गर्ने संसदीय बजेट कार्यालयले प्रक्षेपण गरेको छ । तर, यसलाई ह्वाइट हाउसले अस्वीकार गरेको छ । बिहीबार साँझ पत्रकारहरूसँग ट्रम्पले यो विधेयकले देशलाई ‘रकेट जहाज’मा परिणत गर्ने बताए । ‘यो देशका लागि उत्कृष्ट विधेयक हुनेछ,’उनले भने ।

उनले मनाउनुपर्ने व्यक्तिहरूमध्ये एक टेक्सासका रिपब्लिकन सांसद चिप रोय थिए । रोयले सिनेटले विधेयक पारित गर्दा केही दिनअघि यो विधेयकलाई नराम्रो भन्दै अस्वीकार गरेका थिए । उनले सिनेटले पारित गरेको विधेयकको संस्करणलाई विपत्ति भनेका थिए । तर, मतदान सुरु भएपछि उनले आफ्नो मन परिवर्तन गरे र समर्थनको पक्षमा मत हाले । बीबीसी

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।