चारवटा प्रदेशमा ठूलो पानी पर्ने पूर्वानुमान, मेलम्चीमा सतर्कताको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव जारी रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थान वरपर हुँदा देशैभर पानी पर्ने पूर्वानुमान गरेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार कोसी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै एवं अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकाध स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हिमपात पनि हुन सक्नेछ।

आज राती देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका एकाध स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

विभागले सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा पछिल्लो केही घण्टादेखि भइरहेको वर्षाका कारण मेलम्ची नदीमा जल सतह बढ्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

विभागले बिहीबार राती ११ः२० सूचना जारी गर्दै पछिल्लो ३ घण्टामा मानेखर्क, गोब्रे, नुरपु गाउँ, गुम्थाङ तथा आसपासका क्षेत्रमा हल्का देखि मध्यम वर्षा मापन गरिएको जनाएको हो। वर्षाको कारण मेलम्ची नदीमा जल सतह केही बढ्न सक्ने सम्भावना रहेको विभागले बताएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।