काठमाडौं । कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को ह्याट्रिकको सहयाेगमा नेपालले एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’ मा लगातार दोस्रो फराकिलो जित दर्ता गरेको छ ।
बुधबार तास्केन्दस्थित मिली रंगशालामा भएको खेलमा नेपालले दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंकामाथि ८–० को सानदार जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट लय कायमै राखेको हो ।
नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक पूरा गरिन् । उनले खेलको २० औं, ४२औं र पहिलो हाफको इन्जुरी समयमा गोल गरिन् ।
गीता रानाले २, पूजा राना, निशा थोकर र रेखा पौडेलले एकएक गोल गरे । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ४ गोल गर्यो । गीताले खेलको सातौं र ५४औं, पूजाले ८९औं, निशाले ६२औं र रेखाले ७८औं मिनेटमा गोल गरेका थिए ।
नेपालले अब शुक्रबार आयोजक उज्वेकिस्तानसँग खेल्नेछ । उज्वेकिस्तानलाई हराउन सके नेपाल सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ ।
Comment