पोखराको आकाशमा देखियो ‘आभामण्डल’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पोखराको आकाशमा मङ्गलवार दिउँसो ‘हेलो’ वा ‘आभामण्डल’ देखिएको छ। जानकारहरूका अनुसार सूर्य अथवा चन्द्रमाको प्रकाश २० हजार फीटभन्दा माथि रहेको बरफको टुक्राभित्र छिरेको अवस्थामा सूर्य वा चन्द्रमाको वरिपरि देखिने घेरा नै हेलो हो।

यस अवस्थामा प्रकाशको किरण बरफ वा पानी वा प्रिजमभित्र छिर्छ र त्यस्तो अवस्थामा प्रकाशको किरण बाङ्गिने प्रक्रिया आवर्तन ( रिफ्र्याक्शन) र प्रकाश कुनै सतहमा ठोक्किएर फर्किने परावर्तन (रिफ्लेक्शन)का कारण यस्तो आभामण्डल बन्न पुग्ने वैज्ञानिकहरू बताउँछन्।
आकाशमा हुने पातलो बरफको तहमा सूर्य वा चन्द्रमाको किरण प्रवेश गर्दा उत्पन्न हुने यस्तो चम्किलो घेरा आक्कलझुक्कल मात्र देखिने गर्छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।