स्वास्थ्य बीमामा रिफर प्रणाली पूर्ण रूपमा खारेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य बीमा योजनाअन्तर्गत उपचार गर्दा रिफर लिनुपर्ने झन्झट हट्ने भएको छ । आगामी साउन १ गतेदेखि यस्तो व्यवस्था हट्ने भएको हो ।

स्वास्थ्य बीमा बोर्डले देशभरका सबै सरकारी, सामुदायिक र निजी स्वास्थ्य संस्थाहरुलाई सूचना पठाउँदै यो व्यवस्था हटाएको जानकारी गराएको छ ।

यसअघि लागू रहेको स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ उपदफा ९(छ) र नियमावली, २०७५ (प्रथम संशोधन) को नियम २ को खण्ड ९(५) ले सरकारी स्वास्थ्य संस्थालाई मात्र ‘प्रथम सेवा विन्दु’ को रूपमा मान्ने व्यवस्था गरेको थियो ।

तर, बोर्डले अब त्यो प्रावधान हटाउने निर्णय गरेपछि रिफर प्रणाली पूर्ण रूपमा खारेज गरिएको हो ।

‘स्वास्थ्य बीमा ऐन र नियमावलीअनुसारको व्यवस्थालाई परिवर्तन गर्दै अब कुनै पनि स्वास्थ्य संस्था ‘प्रथम सेवा विन्दु’ मानिने छैन। यस निर्णयअनुसार आगामी श्रावण १ गतेदेखि रिफरको आवश्यकता रहने छैन’, बोर्डद्वारा पठाइएको परिपत्रमा उल्लेख छ ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।