नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (सोमबार) बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय समिति बैठकका लागि आइतबार बसेको पदाधिकारी बैठकले विभिन्न ६ वटा एजेण्डा तय गरेको छ ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतकाअनुसार बैठकमा मुख्य रुपमा गठबन्धनको सरकारका साथै भ्रातृसंस्थाका विषयमा छलफल हुनेछ । कांग्रेसका सात भ्रातृसंस्थाको म्याद गत चैत मसान्तमा सकिएको थियो । तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा पनि छलफल हुनेछ ।

यसैगरी, क्रियाशील सदस्यता वितरणका बारेमा महामन्त्री गगन थापाले जानकारी गराउने छन् । थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको समय दिएको छ ।

बैठकमा पार्टीले सञ्चालन गरेको १०० दिने अभियानको कार्यपत्र पेस गरिने, सङ्घीय सरकार र प्रदेश सरकारमा रहेका मन्त्रीहरूका कामकारबाहीका बारेमा जानकारी गराउने एजेण्डा पनि रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।