काठमाडौं । एएफसी महिला एसियन कप छनोट नेपालले शानदार सुरुवात गरेको छ । उज्वेकिस्तानमा जारी छनोटअन्तर्गत पहिलो खेलमा नेपालले लाओसलाई ९–० गोल अन्तरले पराजित गर्यो ।
नेपालको जितमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले पाँच गोल गरिन् । खेलको ८८ औँ मिनेटमा साम्बाले लाओसाको पोष्टमा नेपालका लागि नवौं गोल गरेकी थिइन् ।
नेपालका लागि साम्बाले पाँच गोलसहित अनिता बस्नेत, रश्मि कुमारी घिसिङ, अनिता केसी र सरु लिम्बूले एक एक गोल गरे । पहिलो जित निकालेको नेपाल छनोटमा समूह ‘एफ’ मा छ । उक्त समूहमा नेपालसहित आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । नेपालले दोस्रो खेलमा असार १८ गते श्रीलंका र २१ गते घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ ।
Comment