पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश भएको छ ।

आइतबार विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि आदेश जारी गरेको हो ।

बहसका क्रममा सरकारी वकिलले राज्यमाथि ३ अर्ब बढी घोटला गरेकोले थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउनुपर्ने माग गरेका थिए। बस्नेतको पक्षमा वरिष्ठ अधिवक्ता डा पदमबहादुर गिरीलगायतले बहस गरेका थिए।

दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद प्रकरणमा बस्नेतसहित १६ जनाविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो दाबीसहित गत जेठ १ मा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।