काठमाडौं। काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित एक थुनुवा फरार भएका छन् । फरार हुनेमा पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका–१ घर भए काठमाडौं गोंगबु बस्ने २१ वर्षीय निराजनजंग ठकुरी भन्ने दशरथ शाही छन् । प्रहरी वृत सोह्रखुट्टेमा रहेका उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो ।
अदालतको ४ नम्बर इजलासमा थुनछेक बहस भइरहेका बेला पिसाब लाग्यो भन्दै ट्वाइलेट जाने निहुँमा हत्कडीसहित फरार भएका हुन् । उनी चोरी कसुरमा पक्राउ परेका व्यक्ति हुन् ।
Comment