काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै कर्णाली, सुदूरपश्चिम, लुम्बिनी प्रदेशका पहाडी भू-भाग र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने जानकारी गराएको छ ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज साँझदेखि सोमबारसम्म ती क्षेत्रमा धेरै भारी वर्षा हुनेछ । भारी वर्षा भनेको २४ घण्टामा ५० मिलिमिटरदेखि १०० मिलिमिटरसम्म वर्षा हुने भने धेरै भारी भनेको १०० मिलिमिटरदेखि २०० मिलिमिटर पानी पर्नु हो । ठूलो पानी पर्ने भएकोले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुँदा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको छ ।
Comment