काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नन ग्रेड भएका विद्यार्थीहरूले साउनको २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका छन् । परीक्षा बोर्डले यस वर्षकोएसईईको नतिजा सार्वजनिक गर्दै नन ग्रेडड विद्यार्थीहरूले २९ साउनदेखि मौका परीक्षा दिन पाउने जनाएको हो । वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गत वर्षभन्दा सुधार भएको छ । पोहोर ४७ दशमलब ८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएकोमा अहिले त्यो संख्या बढेर ६१.८१ पुगेको छ ।
यसअनुसार गत वर्षभन्दा अहिले १३.९५ प्रतिशतले एसईईको नतिजा सुधार भएको हो ।
त्यस्तै नतिजा अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा उत्तीर्ण भएका छन्।
कोशी : ४७ हजार ८३५
मधेश : ५९ हजार ७४९
बागमती : १ लाख १९ हजार ५१७
गण्डकी : ४७ हजार ८४९
लुम्बिनी : ५७ हजार ६८७
कर्णाली : ४६ हजार ४५५
सुदूरपश्चिम : ५९ हजार ८०४
Comment