काठमाडौं । सिन्धुपाल्चोकमा ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ।प्रहरीका अनुसार, भोटेकोसी गाउँपालिका–५, कोलगाउँकी एक बालिकालाई पाँच युवाको समूहले गत मंगलबार (असार १० गते) बलात्कार गरेर हत्या गरेको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भोटेकोसी गाउँपालिकाकै २२ वर्षीय लाक्पापासाङ तामाङ, २१ वर्षीय निमातेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा र २० वर्षीय दावा तामाङ छन् । उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद थपेको छ।
Comment