पार्टी कार्यालय विस्तार गर्न कांग्रेसले किन्यो १३ करोडको जग्गा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय पार्टी कार्यालय परिसरलाई थप फराकिलो बनाउने उद्देश्यले ललितपुरको सानेपास्थित कार्यालय अगाडि रहेको १९ आना जग्गा र सोही स्थानमा निर्मित तीन तले घर खरिद गरेको छ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसले पार्टी कार्यालय विस्तार योजनाअनुसार अमिरमान अमात्यको नाममा रहेको उक्त सम्पत्ति खरिद गर्न असार ११ गते महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठमार्फत सम्झौता गरेको हो।

कांग्रेसले घरजग्गा खरिदका लागि कुल १३ करोड रुपैयाँ लागत अनुमान गरेको छ। पार्टीले आवश्यक रकम आफ्ना विभिन्न तहबाट उठाइने लेवी तथा शुभेच्छुकहरूको आर्थिक सहयोगबाट संकलन गरिने जनाएको छ।

सम्झौताअनुसार जग्गा र घर पास प्रक्रिया एक वर्षभित्र पूरा गर्ने गरि ५० लाख रुपैयाँ बैना समेत बुझाइएको छ।
पार्टीले नयाँ सम्पत्तिको प्रयोगले कार्यालय व्यवस्थापनमा थप सहजता ल्याउने र भावी योजनाहरू कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास लिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।