काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोन नेपाल)ले ४० औँ ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना गरेको छ।
रथयात्रा महोत्सव कमलादी–घन्टाघर–रत्नपार्क–जमल–दरबारमार्ग–पुतलीसडक–भृकुटीमण्डप–भद्रकाली–एनएसी–न्युरोड–वसन्तपुर–न्युरोड हुँदै टुँडिखेल पुराइएको थियो । टुँडिखेलमा सांस्कृतिक कार्यक्रम तथा भगवानको दिव्य कथा प्रवचन हुने इस्कोन नेपालले जनाएको छ।
श्रीजगन्नाथ रथयात्राको मूल आकर्षण भगवान् श्रीजगन्नाथ, बलराम र सुभद्राजीलाई विशेष रूपमा सजाइएको भव्य रथमा विराजमान गराई नगर परिक्रमा गराउने ऐतिहासिक तथा धार्मिक परम्परा छ ।
Comment