काठमाडौं । काठमाडौंको विष्णुमती खोलामा कारसहित बगाएको युवतीको सकुशल उद्धार गरेका स्थानीय तथा प्रहरीहरु सम्मानित भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले उद्धार कार्यमा संलग्न तीन प्रहरी र दुई स्थानीयलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
ग्रान्डी अस्पतालनजिकै विष्णुमती खोलामा युवतीसहित बा. प्र.०१-०३१ च ६१४१ नम्बरको कार बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि तुरुन्तै खटिएको प्रहरी टोलीले स्थानीय नागरिकको समेत सहयोगमा ती युवतीलाई सकुशल उद्धार गरेको हो।
तर, खोलामा युवतीसहित कार बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । लगत्तै खटिएको टोलीले स्थानीयको सहयोगमा युवतीको सकुशल उद्धार गरेको थियो । उनी टोखाकी भावना ओली हुन् ।
Comment