मुग्लिन-नारायणगढ सडक आज दुई घण्टा बन्द हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्ड आज दुई घण्टा बन्द हुने भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार यस सडक खण्डको तुइन खाेला पुल नजिकै पहिरोकाे जाेखिम उच्च रहेकाले आज दुई घण्टा सवारी आवागमन बन्द हुने भएको हो। यस खण्डमा कुनै पनि समयमा माथिबाट ढुंगाहरू झर्ने र सम्भावित दुर्घटना हुन सक्ने भएकाले उक्त सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्नका लागि डिभिजनबाट लङ बुम एक्जाभेटर प्रयाेग गरी ढुंगा झार्न कार्य रहेको हुँदा आज बिहान ११ देखि दिउँसो १ बजेसम्म करिब २ घण्टा जति सवारी आवागमन बन्द रहने सडक डिभिजन भरतपुरले जनाएको छ।

उक्त अवधिभर आफ्नो लेन अनुशासनमा रही सवारी साधन राेक्न पनि अनुरोध गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।