काठमाडौँ । नेकपा (एमाले) ले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनामाथि गरिएको पार्टी कारबाही फुकुवा गरेको छ।
बुधबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले दुवै नेतृमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो। बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकारहरूसँग कुरा गर्दै पाण्डे र तिम्सेनामाथिको अघिल्लो कारबाही फुकुवा गरिएको जानकारी दिए।
उनीहरू पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै कारबाहीमा परेका थिए। तर, पछिल्लो समय आन्तरिक समन्वय र एकतालाई प्राथमिकता दिँदै पार्टीले कारबाही फुकुवाको निर्णय गरेको हो।
Comment