नेप्सेमा झिनो गिरावट, पाँच अर्बभन्दा बढीको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबारको कारोबारी दिनमा शून्य दशमलव ३३ अंकले घटेर २,६००.२० विन्दुमा झरेको छ। कारोबारमा सामान्य उतारचढाव देखिए पनि कुल कारोबार रकम पाँच अर्ब ९४ करोड नाघेको छ।

नेप्सेका अनुसार आज ३११ कम्पनीका १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर ६१ हजार ८२४ पटक किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ९४ करोड २८ लाख ५२ हजार रुपैयाँ पुगेको हो।

आजको कारोबारी दिनमा विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा, म्युचुअल फन्ड र निर्जीवन बीमा समूहमा सामान्य सुधार देखिए पनि अन्य सबै उपसमूहमा गिरावट आएको छ।
बैंकिङ ०.०९, वित्त ०.४८, लगानी ०.४०, उत्पादन तथा प्रशोधन ०.२०, लघुवित्त ०.२१, व्यापार १.०७ र अन्य समूह ०.२१ प्रतिशतले घटेका छन्।

कम्पनीगत रूपमा हेर्दा, मोदी इनर्जी लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर सर्वाधिक वृद्धि भएको हो। उता, जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य ९.५१ प्रतिशतले घटेर सबैभन्दा ठूलो घाटामा गएको छ।

आजको कारोबार रकमका आधारमा सबैभन्दा बढी कारोबार बुटवल पावर कम्पनी लिमिटेडको भएको छ। कम्पनीका ६ लाख ५४ हजार २९० कित्ता शेयर किनबेच हुँदा ५३ करोड ९४ लाख ५७ हजार रुपैयाँको कारोबार भएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।