नेपालमै पहिलोपटक फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग सञ्चालनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईएमई ग्रुपको लगानीमा स्थापना भएको नेपालको पहिलो अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन उद्योग ‘एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग’ आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले काठमाडौंमा आयोजित कार्यक्रममा उद्घाटन गरेका हुन्।

रौतहटको फतुवा विजयपुरमा स्थापना गरिएको यो उद्योग करिब डेढ अर्ब रुपैयाँको लगानीमा निर्माण गरिएको हो। उद्योगले दैनिक ७५ हजार स्क्वायर फिट बोर्ड उत्पादन गर्ने क्षमता राख्छ। अग्निरोधी, वातावरणमैत्री र टिकाउ गुण भएका यी बोर्डहरू भवन निर्माण, मोडुलर किचन, इको प्यानल, फल्स सिलिङलगायत संरचनामा प्रयोग गर्न सकिन्छ।

स्वदेशी कच्चा पदार्थ र स्थानीय जनशक्ति प्रयोगमा आधारित यो उद्योगले आयात प्रतिस्थापन, रोजगार सिर्जना र आत्मनिर्भर अर्थतन्त्रमा योगदान पुर्‍याउने विश्वास लिइएको छ। हाल उद्योगमा २०० भन्दा बढी व्यक्तिले रोजगारी पाएका छन्, जसमा ४० प्रतिशतभन्दा बढी महिला छन्

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।