काठमाडौं । नेकपा एमालेको आजका लागि तय भएको केन्द्रीय सचिवालय बैठकको समय सारिएको छ। यसअघि दिउँसो १ बजेका लागि तय गरिएको बैठक अब ३ बजेका लागि सारिएको एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।
आजको बैठकमा आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुने विधान महाधिवेशनको तयारी, पार्टीको सांगठनिक गतिविधि र समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने बताइएको छ।
एमालेका नेताहरूका अनुसार विधान महाधिवेशन पार्टीको नीति, संरचना र भविष्यको दिशा निर्धारण गर्न महत्वपूर्ण हुने भएकाले सचिवालय बैठक त्यसैको पूर्वतयारीमा केन्द्रित हुनेछ।
Comment