एसईई नतिजा केमा, कसरी हेर्ने ? यी हुन् वेबसाइट र एसएमएसको सूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले एसईई नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको जानकारी दिएको छ। कार्यालयले आज सूचना जारी गर्दै मोबाइल एसएमएस, आईभीआर र विभिन्न वेबासाइटहरुबाट रिजल्ट हेर्न सकिने जनाएको हो।

परीक्षा नियन्त्रण कार्यालयले यही असार तेस्रो सातासम्ममा एसईईको रिजल्ट सार्वजनिक गर्ने तयारी गरेको छ। कार्यालयले जारी गरेको सूचना अनुसार नेपाल टेलिकममार्फत् १६०० कोड प्रयोग गरेर एसएमएस तथा आईभीआर गरेर हेर्न सकिने, स्विफ्ट टेक्नोलोजी प्रा.लि.मा ३४४५५ कोडमा, जानकी टेक्नोलोजी प्रालि ३५००१ मा कोडमा, इजी सर्भिस प्रालिमा ३४९४९ कोडमा र आकाश टेक प्रालिमा ३१००३ कोड राखेर एसएमएस गरेर नतिजासम्बन्धी विवरण हेर्न सक्नेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।