ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोड ८३ लाखको बजेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/२०८३ को लागि ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ।

महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मंगलबार नगरसभामा उक्त बजेट प्रस्तुत गरेकी छन्।प्रस्तुत भएको बजेटमा चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार र पुँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख र २३ हजार विनियोजन गरिएको छ।

बजेटले लतितपुर महानगरमा समृद्धि र शुसासन, आत्मनिर्भर अर्थतन्त्र, गुणस्तरीय शिक्षा, सम्पदा र संस्कृति संरक्षण, दिगो पूर्वाधार, हरियाली प्रर्वद्र्धन, पर्यावरण, घर–घर स्वच्छ खानेपानी, स्वास्थ्य युवा रोजगार, सामाजिक विकासलगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।