‘रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर अहिलेपनि लागिरहेको छु’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सभापति रवि लामिछानेलाई अन्याय नहोस् भन्नका लागि आफू निरन्तर लागिपरेको बताएका छन्।

मंगलबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले उक्त धारणा सार्वजनिक गरेका हुन्।

‘यसमा म रास्वपालाई धेरै केही भन्न चाहन्न। रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नको निम्ति हामीले अन्तिम समयसम्म प्रयास गरेको हौं,’ प्रचण्डले भने, ‘अझै पनि गरिरहेकै छु। रास्वपाका साथीहरूले एकदिन सबै कुरा बुझ्नुहुनेछ।’

साथै, उनले समाजवादी मोर्चालाई कसरी अघि बढाउने भन्ने विषयमा पनि आजको छलफल केन्द्रित रहेको बताए। पछिल्लो समय संसदमा भिजिट भिसा प्रकरणलाई लिएर रास्वपा र राप्रपाले बैठक बहिष्कार गरिरहेका सन्दर्भमा प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो।

प्रचण्डले राजनीतिक सहमति र संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिँदै सबै पक्षको हित हुने गरी अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।