इस्कोनले ४०औँ जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आगामी शुक्रबारका दिन नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोनद्धारा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा ४० औँ ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव भव्यताका साथ आयोजना गरिँदै छ । नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको नियित प्रेरित उक्त रथयात्रा महोत्सव–कमलादी–घण्टाघर–दरबारमार्ग–पुतलीसडक–प्रदर्शनीमार्ग–भद्रकाली–एनएसी–न्यूरोड–बसन्तपुर–न्युरोड हुँदै टुडिखेलमा समापन हुनेछ ।

सम्पूर्ण नगरबासीहरु भगवान नामको कीर्तन गरेर भगवानको आराधना गरी हर्षोल्लासपूर्ण विधिले उत्सव मनाउने गरिन्छ ।

नेपाल इतिहासमा परापूर्वकालदेखिनै राजाको प्रमुख आतिथ्यमा यसरी रथयात्रा हुने गर्दथ्यो । यसै संस्कृतिलाई निरन्तरता दिँदै राष्ट्राध्यक्ष पौडेलको उपस्थितिमा यसपटक पनि रथयात्राको शुभारम्भ हुनेछ । राष्ट्रपतिले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जगन्नाथ बलदेव सुभद्रा महारानीको दर्शन गरी पूजामा सहभागी हुनेछ ।

साथै वैदिक धर्मलाई संसारभरि प्रचार गरि निभ्न लागेको जस्तो भान भएको हिन्दू सनातन धर्मलाई फेरि ब्युझाउन महान योगदान गर्ने इस्कोनका संस्थापक आचार्य श्रीमद् ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपादजीलाई माल्यार्पण गरी सम्मान प्रकट गर्नेछन् ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।