काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई २ लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । थुनछेक बहसपछि न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई धरौटीमा छाड्न आदेश गरेको हो ।
सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । अमला सुन तस्करी प्रकरणमा पक्राउ परी हाल थुनामा रहेका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् ।
राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो । उक्त मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयले अमलासहित २९ जनाविरुद्ध मुद्दा दायर गरेकोमा त्यसयता उनी फरार रहँदै आएकी थिइन् ।
Comment