काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरू भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुस्त हुने बताएका छन्। राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाहरूले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्ने बताए।
‘अहिले अर्थबिनाको युवा भनेर उचाल्ने प्रवृत्ति छ। जहाँ पनि युवामात्रै भनेर हुँदैन। कुन तहसम्म कसरी युवाले के गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। दक्षता, सीप र अनुभव आदि कुराहरू चाहिन्छ। कुनै पनि व्यक्तिभित्र घमण्ड पसेपछि ऊ बिग्रने बाटोमा जान्छ। हाम्रा युवाहरू दम्भी, घमण्डी हुने छैनन्। क्षमतावान् विनयी र शालीन हुनेछन्। गुण्डा हुने छैनन्, बलवान हुनेछन्। कसैले गालामा पिट्न आएमा ओम शान्ति… भनेर चाहिँ बस्दैनन्। त्यसकारण युवा संघले अन्याय सहँदैन र अन्याय गर्दैन भन्ने बुझाउन सक्नुपर्छ,’ उनले भने।
Comment