इभी आयातमा कीर्तिमान : प्रिबुकिङकै भरमा ३३ अर्बको विद्युतीय सवारी आयात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा ३३ अर्ब रुपैयाँ भन्सार मूल्य बराबरका २८ हजार युनिट विद्युतीय सवारीसाधन (इभी) आयात भएका छन्। यो अघिल्लो वर्षको तुलनामा ३ अर्ब रुपैयाँले बढी हो।

अर्थ मन्त्रालयका अनुसार इभी आयातबाट सरकारलाई २० अर्ब १० करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको छ। गत वर्ष २२ हजार ६ सय युनिट इभी भित्रिँदा १३ अर्ब ४५ करोड राजस्व संकलन भएको थियो।

व्यापारीहरूले इभीमा कर वृद्धि हुने आशंकामा आयात बढाएको भए पनि अर्थमन्त्री विष्णु पौडेलले नयाँ आर्थिक वर्षमा कर नबढाउने जानकारी दिएका छन्।

खनाल आयोगको सिफारिसले पेट्रोल र इभीमा कर बराबरी र हरित कर लगाउने सम्भावनाले पनि व्यापारीहरूलाई प्रभावित पारेको थियो।

सबैभन्दा बढी ५१–१०० किलोवाट क्षमताका ७ हजार ३५८ युनिट इभी आयात भएका छन्। ५० किलोवाटसम्मका ४ हजार ७३७ युनिट, १०१–२०० किलोवाटसम्मका १ हजार ३५४ युनिट र २०१ किलोवाटभन्दा माथिका ४३ युनिट गाडी भित्रिएका छन्।

नेपालमा सबैभन्दा धेरै इभी चीनबाट आयात हुने गरेको छ भने भारत, कोरिया, जर्मनी, इन्डोनेसिया र अमेरिकाबाट पनि आयात भइरहेको भन्सार विभागले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।