सरकारी अस्पतालप्रति विश्वास बढाऔँ, विदेश उपचार बन्द गरौँ : मन्त्री पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाली जनतालाई स्वदेशका सरकारी अस्पतालहरूमा विश्वास गर्न आग्रह गरेका छन्।

सोमबार प्रतिनिधिसभाको मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिंदै मन्त्री पौडेलले सरकारी अस्पतालको विश्वसनीयता बढाउन सबै क्षेत्रका नेतृत्व वर्गले उदाहरण प्रस्तुत गर्नुपर्ने बताए।

‘यदि हामी सरकारी अस्पतालको विश्वास बढाउन चाहन्छौँ भने, उच्च पदस्थ नेताहरू, निजामती नेतृत्व र कानुनी ढंगले आम्दानी गर्ने व्यवसायीहरूले सरकारी अस्पतालमै उपचार गर्नुपर्नेछ,’ मन्त्री पौडेलले रोष्ट्रमबाट भने, ‘यसबाट जनतामा पनि सकारात्मक सन्देश जानेछ।’

उनले हाल सरकारी अस्पतालहरूमा पनि सुविधासम्पन्न क्याबिनहरू निर्माण भइसकेको उल्लेख गर्दै उपचारका लागि विदेश जाने प्रवृत्तिमा कटौती गर्नुपर्ने धारणा राखे।

‘सरकारी अस्पताललाई विश्वास गरेर सबैले स्वदेशमै उपचार गरौँ,’ मन्त्री पौडेलले आग्रह गरे, ‘बाहिर जानुपर्ने बाध्यता नहोस्।’

साथै, उनले उच्च पदस्थ नेताहरूको उपचार खर्च सम्बन्धी व्यवस्था २०७७ सालमै पास भएको ऐनबाट अन्त्य भइसकेको जानकारी संसदलाई गराए।

मन्त्री पौडेलको भनाइले सरकारी अस्पतालको सेवा सुधार र जनविश्वास कायम गर्न नेतृत्व तहबाट नै व्यवहारिक पहल आवश्यक रहेको सन्देश दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।