काठमाडौं । आगामी जुलाई ११ देखि २२ सम्म बंगलादेशमा आयोजना हुने साफ महिला यू–२० च्याम्पियनसिपका लागि नेपालले २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार नेपाली टोली सार्वजनिक गरेको हो। प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका र भुटान गरी चार राष्ट्र सहभागी छन्।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सार्वजनिक गरेको तालिकाअनुसार नेपालले च्याम्पियनसिपको आफ्नो पहिलो खेल भुटानसँग खेल्नेछ।
यू–२० महिला टोलीले हाल प्रशिक्षणमा सहभागिता जनाइरहेको छ। प्रतियोगितामा नेपाल उपाधि दावेदार टोलीका रूपमा प्रस्तुत हुँदैछ।
Comment