गण्डकीका पूर्व मन्त्री जुग्जालीले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद रेशम बहादुर जुग्जालीले गण्डकी प्रदेश सरकारको बजेटप्रति आक्रोश व्यक्त गर्दै सोमबार प्रदेशसभाको बैठकमै बजेट पुस्तिका च्यातेका छन्।

भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै सांसद जुग्जालीले बजेट पूर्वाग्राही रहेको आरोप लगाए। उनले बजेट देवता केन्द्रित भएको भन्दै कटाक्ष गर्दै भने, “सबैभन्दा बढी त अहिलेको बजेटबाट देवीदेवता नै खुसी भएका होलान्।”

बजेटमा विकासको समावेशी दृष्टिकोण नभएको भन्दै रोष्ट्रममै आक्रोश पोख्दै उनले बजेट पुस्तिका च्यातेका हुन्।

म्याग्दी जिल्लाको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्मको भौगोलिक अवस्थाबारे बोल्दै सांसद जुग्जालीले त्यहाँ पुगेर अवस्था हेर्न अर्थमन्त्री र भौतिक मन्त्रीलाई सुझावसमेत दिए।

उनले गण्डकी प्रदेशको बजेट योजनाविहीन र दिशाहीन भएको टिप्पणी गर्दै भने, “यो बजेट सगरमाथा हिँड्न खोजेको तर हिन्द सागरतिर पुगेजस्तो भएको छ।”

सांसद जुग्जालीको बजेटप्रतिको यस्तो प्रत्यक्ष विरोधले प्रदेशसभामा बजेटको प्राथमिकता र वितरणप्रति असन्तोष गहिरिएको देखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।