काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रि–ओपन सेसनमा परिसूचक साढे २ अंकले बढेको छ।
सेसनमा नेप्से सूचक २.६४ अंकले उकालो लाग्दै २५९८.६२ विन्दुमा पुगेको छ। यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.६६ अंकले वृद्धि भएको छ।
प्रि–ओपन सेसन अवधिभर ३३ कम्पनीका ५४ हजार ३० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २ करोड ७५ लाख ७० हजार ६७३ रुपैयाँ पुगेको छ।
कारोबार भएका कम्पनीहरूमध्ये १९ वटाको सेयर मूल्य वृद्धि भएको छ भने १४ वटाको घटेको नेप्सेले जनाएको छ।
सेसनको यो परिणामले लगानीकर्तामा सकारात्मक संकेत दिएको विश्लेषणकर्ताहरू बताउँछन्।
Comment