काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत वैशाख १ गतेदेखि असार ७ गतेसम्मका अवधिमा विभिन्न विपद्का घटनामा परी ५८ जनाले ज्यान गुमाएको जनाएको छ।
प्राधिकरणका अनुसार चट्याङबाट सबैभन्दा धेरै १७ जनाको मृत्यु भएको छ भने लेक लागेर १०, आगलागीबाट १३, हावाहुरीबाट ८, जनावरको आक्रमणबाट ८ र सर्पदंशबाट २ जनाको मृत्यु भएको छ।
त्यसैगरी, सो अवधिमा ३३३ जना घाइते भएका छन्।
प्राधिकरणले जोखिम न्यूनीकरणका लागि थप सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ।
Comment