असार ९ गते साेमवार कस्तो रहनेछ तपाईंको भाग्य ? राशिफलमा हेर्नुहोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौं । २०८२ असार ९ गते, साेमवार, २३ जुन २०२५। आषाढ कृष्णपक्ष त्रयाेदशी तिथि। कृत्तिका नक्षत्र, १४ः१७ बजेपछि राेहिणी। चन्द्रराशि वृष।

आजको राशिफल

मेष : दिन धेरै राम्रो छ। सोचेको काम बन्नेछ। शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ। लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। साथीभाइको साथ मिल्नेछ।

वृष : दिन राम्रो छ। मन प्रशन्न रहने छ। यात्रा सफल हुनेछ। साथीभाइको सहयोग मिल्नेछ। खानपानमा विशेष ख्याल गर्नुपर्ने छ। व्यापारमा गरेको लगानीबाट लाभ हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो छ।

मिथुन : दिन राम्रो छ। आफूले आफूलाई चिन्न नसक्दा समस्या बढ्नेछ। अरुका लागि मिहिनेत गर्दा समस्या हुनेछ। आम्दानीका दृष्टिले दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

कर्कट : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा घाटा हुनेछ। इज्जतमा प्रश्न उठ्ने जोखिम छ।

सिंह : दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ।

कन्या : दिन राम्रो छ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। साथीको साथ मिल्नेछ। योजना अनुसार सहकार्य गरेर अगाडि बढ्नु उचित हुन्छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारमा खटपटी बढ्नेछ।

तुला : दिन सामान्य छ। श्रमको लाभ अरुले लिनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

वृश्चिक : मन शान्त र प्रशन्न रहने छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ योजना बन्नेछ।

धनु : आफ्ना साथीबाट धोका हुने जोखिम छ। सञ्चित धनको रक्षा गर्नुपर्ने छ। दाजुभाइसँगको सहकार्यबाट नाफा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ। स्वास्थ्यमा सुधार हुनेछ।

मकर : दिन राम्रो छ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । विपक्षीका कुरामा अल्झिनु भन्दा कर्तव्य बोध गरेर अगाडि बढ्नु उचित हुन्छ।

कुम्भ : दिन सामान्य छ। अनावश्यक यात्रामा खर्च बढ्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्ने छ। इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने हुनसक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

मीन : दिन सामान्य छ। काममा आलस्यता बढ्नेछ। सम्पत्तिको सदुपयोग गर्नु राम्रो हुन्छ। शनिदेवको प्रभावबाट बच्न धार्मिक कार्यमा सहभागी भएर यात्रा गर्नु उचित हुन्छ। संकटमा परिवारको साथ मिल्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।