बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनको मूल्यमा आइतबार वृद्धि भएको छ। शुक्रबार प्रतितोला एक लाख ९४ हजार सात सय रुपैयाँ रहेको सुनको मूल्य आज आइतबार प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ पुगेको छ। यो वृद्धि प्रतितोला पाँच सय रुपैयाँले भएको हो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। शुक्रबार प्रतितोला दुई हजार एक सय ५० रुपैयाँ रहेको चाँदीको भाउ आज आइतबार प्रतितोला दुई हजार एक सय ६० रुपैयाँ पुगेको छ। चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ।

बजारमा सुन र चाँदीको मागमा भएको वृद्धिका कारण मूल्यमा उतारचढाव आएको विश्लेषकहरूको भनाइ छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३६७ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।