इरानका तीन परमाणु केन्द्रमा अमेरिकाको आक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेको राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले जानकारी दिएका छन् । इस्फहानका उपगभर्नर अकबर सालेहीले इस्फहान र नटान्जका आणविकस्थलनजिकै आक्रमण देखिएको बताएका बीबीसीले जनाएको छ ।

इरानको सरकारी मिडियाका उपराजनीतिक निर्देशक हसन अबेदिनीले पनि टेलिभिजनमा प्रत्यक्ष प्रसारणमा यी तीन आणविकस्थललाई केही समयअघि खाली गरिएको बताए । ट्रम्पले भनेको सत्य भए पनि इरानले ठूलो क्षति भोग्नु नपरेको उनले उल्लेख गरे । किनभने, त्यहाँका सामग्री पहिल्यै बाहिर निकालिएको उनले बताए ।

ट्रम्पले भनेका छन्, ‘सबै विमान सुरक्षित तरिकाले आफ्नो घरतिर फर्किरहेका छन् । हाम्रा महान् अमेरिकी योद्धाहरुलाई बधाई । विश्वमा यस्तो गर्न सक्ने सेना अरु कसैसँग छैन ।’ उनले अब शान्तिको समय पनि आएको बताएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।