काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डमा आइतबारदेखि १० दिनसम्म रातिको समयमा ठूला सवारीसाधन चलाउन रोक लगाइएको छ। सडक विभागअन्तर्गत आयोजनाका प्रमुख चुडा ढकालका अनुसार बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लाग्नेछ।
डाइभर्सन बगाएपछि बिनयी खोलामा पुल निर्माण भइरहेका कारण यो निर्णय गरिएको हो। अत्यावश्यक सवारीजस्तै एम्बुलेन्स भने चल्न पाउनेछ।
यस्तै, बिपी राजमार्गमा शनिबारदेखि १५ दिनका लागि साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। गत वर्षको बाढी र पहिरोबाट क्षति भएका सडक मर्मतको काम भइरहेकाले रातिको सवारी जोखिमपूर्ण भएको बताइएको छ।
साथै, गुल्मीको गरगरे खोलामा पहिरो नपन्छिएपछि कालीगण्डकी करिडोर अझै अवरुद्ध रहेको सडक विभागले जनाएको छ।
Comment