एक महिनामा नेपालको निर्यात ३० अर्ब,व्यापार घाटा झनै बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालले एक महिनामा झन्डै ३० अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ महिना सम्ममा देशको कुल निर्यात २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँ पुगेको छ।

विगत महिनासम्म (बैशाखसम्म) यो निर्यात २ खर्ब १७ अर्ब १ करोड १० लाख रुपैयाँ थियो। अर्थात्, एक महिनामै करिब ३० अर्ब रुपैयाँ बराबरको निर्यात वृद्धि भएको देखिन्छ।

यसअघिको वर्षको सोही ११ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षमा निर्यातमा उल्लेखनीय वृद्धि देखिएको छ। गत वर्षको ११ महिनामा नेपालको निर्यात १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ मात्र थियो।

तर, निर्यातसँगै आयात पनि उच्च दरमा बढेको छ। यस वर्षको ११ महिनामा १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ७७.७७ प्रतिशतले बढी हो।

निर्यात १३.१५ प्रतिशतले बढ्दा पनि व्यापार घाटा झनै बढेको छ। चालु आर्थिक वर्षको जेठसम्म व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोहि अवधिमा यो घाटा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ थियो।

वित्तीय विश्लेषकहरूका अनुसार आयातमुखी अर्थतन्त्र र निर्यातको तुलनामा आयातको तीव्र वृद्धिले नेपालमा व्यापार घाटा कम हुने सम्भावना अझै टाढा देखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।