नागार्जुनका मेयर मोहन बस्नेत सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धिकर र घुस लेनदेन मुद्दामा दोषी ठहर भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ पुस २०८१ मा दायर गरेको मुद्दामा विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रामबहादुर थापाले दोषी ठहर गरेका हुन् ।

अदालतले बस्नेतले ९ करोड २२ लाख ४६ हजार रुपैयाँ घुस लिएको ठहर गरेको हो । उनलाई घुस दिने पद्मा कोलोनी प्रा.लि.का सञ्चालक राजु कँडेललाई पनि घुस दिएको आरोपमा दोषी ठहर गरेको छ ।

यस मुद्दामा मेयर बस्नेतकी श्रीमती उर्मिला बस्नेतलाई भने अदालतले सफाइ दिएको छ । उनले घुस लिएर खाएको वा भुक्तानी गर्न लगाएको भन्ने तथ्य मिसिलमा संलग्न प्रमाणबाट पुष्टि हुन नआएकाले सफाइ पाउने निर्णय विशेषले दिएको छ ।

जगतगुरु कृपालुजी महाराजको नाममा बन्ने प्रतिष्ठानका लागि जग्गा किन्ने भन्दै नागार्जुन नगरपालिकाले ७ अर्ब ४८ करोड रुपैंया पाउन सहमति दिएको थियो । त्यो ठाँउको जग्गाको भाउ बढाएर बस्नेतले पछि त्यसबापत लाभ लिएको अख्तियारको दाबी थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।