प्रधानमन्त्री ओलीले गरे ग्वार्को ओभरपासको उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको ग्वार्कोमा निर्माण गरिएको ओभरपासको उद्घाटन गरेका छन्। चक्रपथ अन्तरगतको यो बहुप्रतीक्षित परियोजना पूरा भएसँगै ट्राफिक जामको समस्याबाट सर्वसाधारणलाई राहत हुने अपेक्षा गरिएको छ।

२०७८ फागुनमा ठेक्का सम्झौता गरी सुरु गरिएको ओभरपास निर्माण कार्य तोकिएको समयमा सम्पन्न नभएपछि म्याद पटक–पटक थपिँदै २०८१ पुसमा मात्र सम्पन्न भएको हो। निर्माण ढिलाइका कारण ठेकेदार कम्पनीलाई १ करोड ४७ लाख हर्जाना तिराइएको छ भने कुल लागत १४ करोड रुपैयाँले बढेको छ।

५७६.२ मिटर लम्बाइको ओभरपासमा चार तहको कालोपत्र गरिएको छ। सम्झौता अनुसार निर्माणमा ५ वर्ष र डिजाइनमा १० वर्षसम्म त्रुटि देखिएमा त्यसको जिम्मेवारी निर्माण कम्पनीले लिनेछ।a

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।