काठमाडौं । बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दे बीपी राजमार्गमा १५ दिनका लागि पहिलो चरणमा साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक लगाइएको छ ।
शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले सो निर्णय गरेका हुन् । काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडकखण्ड बढी जोखिमयुक्त भएकाले सार्वजनिक र निजी यात्रु गाडी चलाउन रोक लगाइएको हो ।
Comment