बाढीपहिरो : यी हुन् पूर्ण रूपमा अवरुद्ध राजमार्ग (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मनसुन सक्रिय भई वर्षा भएको छ । वर्षासँगै विभिन्न स्थानमा बाढीपहिरोले सडक अवरुद्ध छ । साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध छ । वर्षाका कारण अवरुद्ध सडकखण्ड अझै सुचारु हुन सकेको छैन ।

बिहीबार (असार ५) बिहान ९ बजेसम्मको अपडेटमा मुख्य राजमार्गअन्तर्गत केही सडकमा एकतर्फी सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।वर्षासँगै बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध छ ।

अरनिको, महेन्द्र राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२, कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । पहिरोका कारण भोटेकोसी–३, लार्चा, भोटेकोसी–२, कोप्ल्याङमा पनि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ मा बाढीका कारण पूर्वपश्चिम महेन्द्र राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, रुप्सेमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१, छलघाटमामा बाढीका कारण भेरी करिडोर पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।