भारतद्वारा मस्कको स्टारलिङ्कलाई लाइसेन्स प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतले एलन मस्कको स्पेसएक्स कम्पनीअन्तर्गतको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवालाई इजाजतपत्र प्रदान गरेको छ। यो कदमले भारतको ‘कनेक्टिभिटीको अर्को सीमा’ खोलेको बताउँदै भारतीय सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियाले सामाजिक सञ्जाल एक्समा जानकारी दिएका छन्।

स्टारलिङ्क सेवा पृथ्वीको निम्न कक्षामा रहेका स्याटेलाइटमार्फत दुर्गम स्थानहरूमा उच्च गतिको इन्टरनेट प्रदान गर्न लक्षित छ। इजाजतपछिको चरणले भारतमा इन्टरनेट मूल्य, स्पेक्ट्रम बाँडफाँट र टेलिकम प्रतिस्पर्धासम्बन्धी बहसलाई थप चर्काएको छ।

सञ्चारमन्त्री सिन्धियाले स्टारलिङ्ककी अध्यक्ष तथा प्रमुख परिचालन अधिकृत ग्वेनी सटवेलसँग ‘फलदायी भेट’ भएको जनाउँदै सटवेलले भारत सरकारद्वारा प्राप्त अनुमतिको प्रशंसा गरेको उल्लेख गरेका छन्।

यसअघि भारतका प्रमुख टेलिकम सेवा प्रदायक जिओ प्लेटफर्म र भारती एयरटेलले स्टारलिङ्क इन्टरनेट सेवा ल्याउन स्पेसएक्ससँग सहकार्य गर्ने घोषणा गरेका थिए। मस्कले जिओका मालिक तथा एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीसँग स्याटेलाइट स्पेक्ट्रमको व्यवस्थापनबारे छलफल गरेका थिए।

हाल मस्कको व्यवसाय भारतमा मुख्यतः एक्स (पूर्व ट्विटर) मा सीमित देखिए पनि उनको इलेक्ट्रिक कार कम्पनी टेस्लाले पनि भारतीय बजार प्रवेशको तयारी गरिरहेको जनाइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।