काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीभित्र देखिएका समस्या समाधान गर्न वर्तमान नेतृत्व सक्षम रहेको बताएका छन्। बुधबार जनसङ्गठन संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उनले एमाले कम आन्तरिक समस्या भएको पार्टी भएको उल्लेख गरे।
उपाध्यक्ष पौडेलले विधान महाधिवेशन नजिकिँदै गएको जानकारी दिँदै त्यसको तयारीमा पार्टी लागिरहेको बताए। उनले नेतृत्वबारे अनावश्यक अडकल नगर्न र विधान महाधिवेशनपछि मात्र छलफल गर्नुपर्ने स्पष्ट पारे। पार्टीभित्र नीति र विधिबाट समस्या समाधान गरिने उनको भनाइ छ।
Comment